विश्व शान्तिको कामना गर्दै मणिग्राम स्थित ई गार्डेनमा ५ दिने संकट मोचन पाठ सँगै दीप प्रजलन

by समतल अनलाइन
Shares

मिलन पंगेनी
बुटवल ।तिलोत्तमा नगरपालिका मणिग्राम स्थित ई- गार्डेन रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसले आज देखि विश्व शान्तिको कामना गर्दै ५ दिने संकट मोचन हनुमान चालिसा पाठ र दीप प्रजलन थालेको छ ।

ई गार्डेनका प्रोप्राईटर हरि पन्तले हाल विश्व नै कोरोना भाइरसको कारणले त्रसित र भयबित भएको र हजारौँ मानिस हरुले ज्यान गुमाउनु परेको र लाखौँ संक्रमित भएको अवस्थामा विश्व शान्ति र मृतकहरु को आत्म शान्तिका लागि दीप प्रजलन र यस महामारीको बाट छिटै मुक्ति होस् भन्ने आस्थाले ५ दिने संकट मोचन हनुमान चालिसा पाठ गर्ने बताउनु भयो ।\

धार्मिक र वैज्ञानिक हिसाबले दीप प्रजलन को महत्त्व बुझाउँदै पन्तले “आधुनिक बिज्ञानले पनि घिउकाे दियाेकाे धुँवाले बिशाक्त बिषाणु हरु मार्छ भनेर प्रमाणित गरेकाे र धार्मिक आधारमा पनि हाम्राे धर्म,सँस्कृतिमा रहेकाे अन्धकार बाट प्रकाश तर्फ बढने मान्यताकाे प्रतिमुर्तात्मक कार्य भनेकाे पनि दियाेपुजन गर्ने,दियाे बाल्ने नै हाे भनेर भनेकाेले यी दुबै एँगल बाटै घिउकाे दियाे बाल्नु उपयुक्त रहेको बताउनु भयो । साथै यस बिपतको घडी मा कोरोना भाइरस बाट बच्न अपनाउनु पर्ने नियम र रोकथामका विषयलाई गम्भीरताका साथ लिन आग्रह गर्नु भयो ।

You may also like

This will close in 0 seconds