157
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बनाएको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भिक रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । राष्ट्रिय प्रयोगशालाले ती व्यक्तिको स्वाब परीक्षणका क्रममा प्रारम्भिक रिपोर्ट ‘नेगेटिभ’ आएको जनाएको छ । प्रयोगशालाले विस्तृत रिपोर्ट आजै आउने पनि जनाएको छ ।