इटलीमा एकै दिन ९१९ को मृत्यु, स्पेनमा ७७७ को गयो ज्यान

Shares

अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं। कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण इटलीमा एकै दिन ९१९ जनाको ज्यान गएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १३४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९०९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सय जना बढी लोम्बार्डी क्षेत्रका हुन् ।

यसै गरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १३८ पुगेको छ । स्पेनमा ७ हजार ९३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको कुल संख्या ६५ हजार ७१९ पुगेको छ ।

उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७ हजार २९ जना नयाँ संक्रमित देखिएपछि यहाँ कूल संक्रमितको संख्या १ लाख २ हजार ४ सय ६४ पुगेको छ ।

साथै यहाँ एकैदिन ३ सय १२ जनाको मृत्यु भएको छ । यससँगै मृततको संख्या १ हजार २ सय ७ पुगेको छ । अमेरिका कोरोना भाइरसको नयाँ ‘इपिसेन्टर’ बन्ने खतरा भएको विभिन्न विज्ञले चेतावनी दिँदै आएका छन् । एजेन्सी

 

You may also like