206
			
		
		
			
            
				            
			
			        
    अर्जुन खत्री
फर्साटिकर। विश्वब्यापी कोरोना भाईरसको सक्रमणका कारण माक्स अभाव भई रहेको बेला रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नस् ४ ले आफै निर्माण गरि वडा भित्र रहेका विभिन्न टोल टोलमा पुगि मास्क वितरण सुरु गरेको छ।

निर्माण भएका मास्कलाई वडा न ४ का सदस्यहरु हेमन थापा र रामचन्द्र चौधरीले ३८०० थान बितरण गरेका छन भने अझै १२०० थान मास्क निर्माण हुने क्रममा रहेकाले बाकी निर्माण हुनेबित्तिकै वितरण गरिने भएको छ।
माक्स वितरण कार्य टोलमा पुगि वितरण गरिएकाले विभिन्न टोलमा रहेका टोल बिकास समितिलाई घरघरमा पुर्याइ सहयोग गर्नका लागि वडा न ४ का वडा अध्यक्ष राजेन्द्र कडेलले अनुरोध गर्नुभयो।वडा अध्यक्ष कडेलले सबैले आ(आफ्नो ठाउबाट सकरात्मक सोचका साथ सहयोग गर्नका लागि अपिल समेत गर्नुभएको छ।
			        

												
														

