प्रदेश सरकारले स्थापना गरेको कोरोना निणन्त्रण कोषमा महासंघको सहयोग

by समतल अनलाइन
130Shares

बुटवल । प्रदेश पाँच सरकारले बनाउने निर्णय गरेको १० करोडको नोभेल कोरोना भाईरस नियन्त्रण कोषमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले २ लाख ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) का कारण देश विषम परिस्थितीमा परेको र यस समयमा राष्ट्र र जनतालाई बचाउनकालागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट बिभिन्न प्रयासहरु भईरहेको सन्दर्भमा उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका कार्यसमिति सदस्य उज्जल कसजुले जानकारी दिनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले प्रदेश पाँच सरकारले स्थापना गरेको उक्त कोषमा २ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका अध्यक्ष गुणनिधी तिवारीले बुधबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर महासंघले प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस नियन्त्रण कोष उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी समेत गराउनु भएको छ ।

Comments

You may also like

This will close in 0 seconds