भारतमा मंगलबार रातिबाट देशभरि २१ दिन पूर्ण ‘लक डाउन’

by समतल अनलाइन
Shares

काठमाडौं । भारतमा मंगलबार मध्यरातबाट देशभरि २१ दिनको ‘लक डाउन’ लागू गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।

भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश लक-डाउनु गरिएको हो। यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ। आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ, उनले भने, यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला।’

भारतमा ५१९ जनामा कोरोना भाइरस देखिएको छ भने १० जनाको मृत्यु भएको छ।
कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको उनले बताए । उनले यस अवधीमा हरेक राज्य, जिल्ला, गल्ली र गाउँ लकडाउन हुने बताए । सरकारले अत्यावश्यक सबै कुराको तयारी गरेको उनले बताए । उनले सबै जनतासामु सरकारले लागु गरेका नियम पालना गर्न अनुरोध गरे । यसअघि गत आइतबार पनि भारतमा लकडाउन भएको थियो ।

You may also like

This will close in 0 seconds