कोरोना संक्रमण देखिएकी युवतीसँग एकै विमानमा आएका युवालाई क्वारेन्टाइनमा राखियो

by समतल अनलाइन
Shares

बाग्लुङ ।कोरोना भाइसर (कोभिड १९) संक्रमण देखिएकी १९ वर्षीय किशोरीसँगै एउटै जहाजमा आएका बाग्लुका युवालाई घरमै क्वारेन्टाइनमा राखिएको छ ।

चैत चार गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो

युवतीमा संक्रमण देखिएपछि उनीसँगै विमानमा आएका ढोरपाटन नगरपालिका ५ अधिकारी चौरका एक युवालाई घरमै क्वारेन्टाइनमा राखिएको हो ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीका अनुसार उनलाई अहिले घरमै क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट आएका उनी एक रात काठमाडौंमा बसेपछि गृहजिल्ला पुगेका थिए । मेयर नेपालीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । १४ दिन क्वारेन्टाइनमा राख्न सल्लाह दिएर आफु फर्किएको उनले बताए ।

चिकित्सक र प्रहरी टोली लिएर नगरपालिकाका मेयर र अन्य पतिनिधि उनको घर पुगेका थिए ।

 

You may also like

This will close in 0 seconds