87
काठमाडौं ।नेपाल चिकित्सक संघले कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न चिकित्सकहरुसँग फोनबाटै परामर्श लिन आग्रह गरेको छ ।
संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेहरुका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ।
आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर प्रदान गरेको हो ।
कोरोनाभाइरस सम्बन्धी कुनै पनि परामर्श लिनु परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सकिने संघले जनाएको छ ।
संघले सामान्य अवस्थामा अस्पताल नजान तथा अनावश्य भीडभाडमा नजान समेत आग्रह गरेको छ ।

कोरोना भाइरसबारे १३ विशेषज्ञ डाक्टरले फोनमै परामर्श दिने (नम्बरसहित)