149
बीरगञ्ज । पर्साको वीरगञ्जका एक खाद्यान्न व्यापारीमाथि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ६७ वर्षीय स्थानीय व्यापारी रुङ्गटालाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजले पुष्टि गरेको हो ।केही दिन यता ज्वरो तथा रुघा खाेकी लागेका उनी उपचारका लागि पटना अस्पताल पुगेका थिए । उक्त मेडिकल कलेजमा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हाल उनी पटना अस्पतालमा उपचाररत छन् ।
पर्साका सांसद प्रदीप कुमार यादवले पनि कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। “संक्रमित व्यक्ति अहिले पर्सामा होइन, पटनामा आइसोलेसनमा राखिएको छ,” उनले भने, “उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राखिएको छ ।”