सप्तरीमा ५० शैय्याको आइसोलेसन कक्ष

by समतल अनलाइन
647Shares

सप्तरी। विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना (कोभिड १९) भाइरसबाट प्रभावित भई आकस्मिक रूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन सप्तरीमा ५० शैय्याको ‘आइसोलेसन कक्ष’ तयार गरिएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १० र छिन्नमस्ता अस्पतालमा २० तथा रूपनी गाउँपालिकास्थित युनिक अस्पतालमा २० वटा शैय्याकोसहितको आइसोलेसन कक्ष पूर्ण तयारीका साथ राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपाको एउटा कोठालाई संक्रमण निवारण गरी दुई शैय्याको निगरानी कक्ष तयारी गर्न लागिएको छ।

विभिन्न स्थानमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नु अगावै साबुन पानीले अनिवार्य रूपमा हात धुने, तापक्रम मापन गर्ने, विभिन्न प्रचार सामग्रीमार्फत कोरोनासम्बन्धी सन्देश प्रवाह गर्न शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

कोरोना भाइरसको सङक्रमित वा शंकास्पद विरामी राख्नका लागि सञ्चालनमा नरहेको राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय, गजेन्द्रनारायण सिंह अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको एक टोलीले आज क्वारेन्टाइनका लागि प्रस्तावित सो क्षेत्रको अवलोकन गरेको छ। रासस

Comments

You may also like

This will close in 0 seconds