209
			
		
		
			
            
				            
			
			        
    बुटवल । रुपन्देहीको ओमसतीया ५ मा गत मंगलबारदेखि हराएका बालक मृत फेला परेका छन् । रुपन्देहीको ओमसतीया गाउँपालिका वडा नं. ५ सपही ज्वाला हरिजनको १० वर्षीय छोरा आकाश हराएको तीन दिनमा बिहिबार घर नजिकै खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
१० वर्षीय आकाश गत मंगलबार बिद्यालयबाट घर फर्किने क्रममा हराएका थिए । छोरा हराएपछि बाबुले प्रहरीमा खोजतलासकालागि ५ गते निवेदन समेत दिएका थिए ।
खोजतलासकै क्रममा बिहिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी गराउनु भयो ।
प्रहरीले अनुसन्धानकै क्रममा स्थानीय १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको पनि प्रहरीले जानकारी गराएको छ ।
 
			        

 
												 
														

