चैत ९ देखि २७ गते सम्म लामो दूरीका यातायात बन्द गरिने

by समतल अनलाइन
Shares

कठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान गरेका छन् ।देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प छैन । सरसफाईमा उचित ध्यान दिनुस् । हात धुने, सकेसम्म घरमा बस्नुस् । अत्यावश्यक बस्तु सञ्चय नगर्नुस्

उनले भने,‘नेपालमा कोरोना भाइरसको जोखिम देखिएको छैन ।’नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

प्रधानमन्त्री ओलीले देशमा संक्रमण फैलिन नदिने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, शुरुको अबस्थाबाट विषेश तयारी गरेको समेत जानकारी दिए ।

उनले यस अवधिमा ५ वटा तयारी बैठक भइसकेको छ । विद्यार्थीलार्य चीनबाट ल्याइएको र क्वारेन्टाइनको समेत व्यवस्था गरिएको छ ।

प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर एकिकृत रुपमा काम गर्दै आएको छ । हामीले केही समयका लागि आफ्नो आनीवानी व्यवहार सुधार गर्नुपर्ने देखिएको छ ।’

चैत ९ देखि २७ गते सम्म लामो दूरीका यातायात बन्द गरिने जनाएका छन् ।

You may also like

This will close in 0 seconds