137
चितवन। भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्र (एक्सपो) मा कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने गरी ७० शैय्याको अस्पताल तयार भएको छ । मंगलबार विहान भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा भएको छलफलले ७२ घण्टाभित्र अस्पताल बनाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार ७२ घण्टाभित्र सेवा सञ्चालनमा गर्ने गरी अस्पताल तयार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। अस्पतालको निर्माण एवम् व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको १४ सदस्यीय टोली गठन गरेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।