254
काठमाडौं। पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । विमानस्थलको सुरक्षामा खटिएका एक सईलाई हातपात गरेको भिडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई डण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागेँ ।’
previous post