अख्तियार र अदालत धाउनेले काम गर्नै दिएनन् : मेयर

by समतल अनलाइन
145Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले अख्तियार र अदालत धाउने समूहका कारण विकास निर्माणमा असहज भएको आरोप लगाएका छन् । महानगरको विकाससँग जोडिएका विषयमा अख्तियार र अदालत पनि सकारात्मक हुनुपर्ने उनले बताए ।

‘बिरालोलाई बाँधेर श्राद्ध गर्ने परम्पराको अन्त्य हुनुपर्छ,’ मेयर शाक्यले भने, ‘जनप्रतिनिधिका पनि केही समस्या र बाध्यताहरू हुन्छन्, यस्ता बाध्यतालाई सबैले बुझिदिनुपर्छ ।’

महालेखा परीक्षकको कार्यालयका प्रतिनिधिसँगको छलफलमा मेयर शाक्यले जे काम गर्न लागे पनि एउटा झुन्ड सधैं अदालत वा अख्तियार पुगिहाल्ने कारणले कार्य सम्पादनमै अवरोध पुग्न थालेको बताए ।

उनले भने,‘एउटा समूह छ, जसले हरेक काममा उजुरी बोकेर अख्तियार, पुरातत्व र अदालत धाउन थाल्छ, यस्ता काम रोक्नु पर्छ ।’ आफूहरू कानुन र संविधानभन्दा माथि नभएको भन्दै महालेखा परीक्षकको विधिभित्र बसेर काम गर्न कुनै समस्या नरहेको मेयर शाक्यले बताए । नयाँ पत्रिका दैनिकबाट

 

Comments

You may also like

This will close in 0 seconds