लायन्स क्लब अफ लुम्बिनी बुद्ध समाजसेवामा अग्रसर

by समतल अनलाइन
Shares

विवश विष्ट
बुटवल।सेवा नै धर्म हो भन्ने उदेश्यले लायन्स क्लब अफ लुम्बिनी बुद्धले सडक बालबालिकाहरुलाई खाना खुवाउदै आएको छ।

संस्थाले प्रत्येक शनिवार सडक बालबालिका तथा असहायहरुलाई मासुभात सहितको खाना खुवाएर समाजसेवामा लागेको लायन्स क्लब अफ लुम्बिनी बुद्धका २०१९/२० को अध्यक्ष कोपिला रानाले जानकारी दिइन। विगत ५ बर्षदेखी निरन्तर प्रत्येक शनिवार बिहान करिब २०/२५ जना सडक बालबालिकालाई खाना खुवाउदै आएको उनले बताईन।

गैर नाफामुखि यस संस्था विशुद्ध समाजसेवमा लागेको छ। विभिन्न व्यक्तिहरु हरुको सहयोग तथा जन्मदिन विभिन्न अकेजन जस्ता कार्यक्रमहरुबाट विशेष सहयोगमा यस संस्थाले यो कार्यक्रम गर्दै आएको र सहयोग गर्न इच्छुकले सहयोग गर्न सकिने अध्यक्ष कोपिला रानाले जानकारी दिइन।

You may also like

This will close in 0 seconds