कमेडी च्याम्पियन को ग्रान्ड फिनाले आज कहाँ हुदैछ त ?

by समतल अनलाइन
170Shares

अहिले पछिल्लो समयको चर्चित नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आज हुँदैछ ।
ग्रान्ड फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा गर्ने तयारी गरिए पनि कोरोनाका कारण धेरै व्यक्ति उपस्थित हुने कुनै पनि कार्यक्रम नगर्न सरकारले आग्रह गरेपछि च्यासलस्थित आफ्नै स्टुडियोमा मै हुन लागेको हो । ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीका अनुसार ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल छन् । अपरान्ह ४ देखि ७ बजेसम्म फिनाले चल्ने छ ।

कार्यक्रममा दुईसय जना उपस्थित हुने छन् । ई–सेवाबाट तीन हजार दरका टिकट बिक्री गरिएको थियो । कोरोना भाइरसको प्रभावका कारण च्यासलस्थित स्टुडियो मै ग्रान्ड फिनाले गर्नुपर्ने भएकाले थोरै टिकट बिक्री गरिएको भण्डारीले जानकारी दिए । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।

Comments

You may also like

This will close in 0 seconds