176
काठमाडौं । युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएई, ३ जना इटालियन, २ जना नेपाली, १ बंगलादेशी, १ जना रसियन, २ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।
कोरोनाभाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय १९ मानिसले ज्यान गुमाए छन् भने ८० हजार ३ सय ७५ जना बिरामी भएका छन्।कोरोनाको कहर चीनमा घटे पनि इरान र इटालीमा भने तीव्र गतिमा फैलिरहेको छ।
previous post