कांग्रेस नेता पोखरेलद्वारा आश्रममा भोजनदान

by समतल अनलाइन
Shares

बुटवल ।नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले बेसहारा र परिवारबाट परित्यक्त व्यक्तिलाई भोजन दान गरेर आफ्नो जन्म दिन मनाएका छन् । नेपाली कांग्रेस रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य पोखरेलले बुटवलस्थित मानवसेवा आश्रममा आश्रित एक सय ३० जना व्यक्तिलाई भोजन दान गरेका हुन् ।

पश्चिमा विदेशी संस्कृति अनुशरण गरेर केक काट्ने र भड्किलो तरिकाले जन्म दिन मनाउने परिपाटीलाई रोकेर मानवीय तथा सामाजिक सेवा गरेर जन्म दिन मनाउने संस्कृतिको विकास गर्ने उद्देश्यले मानव सेवा आश्रममा आश्रितलाई भोजन दान गरेको नेता पोखरेलले बताए ।

सो अवसरमा पुर्व मन्त्री एवं कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेसका नेता कार्यकर्ताले विदेशी संस्कृतिको नक्कल गर्नु भन्दा युवा नेता पोखरेलले जस्तै मानवीय सेवा गरेर जन्म दिन मनाउने बानीको विकास गर्नुपर्नेमा जोड दिए । कम्युनिष्टहरुले राष्ट्रवादी भन्दै विदेशी संस्कृतिको नक्कल गरेर नेपालको मौलिक संस्कृति तथा परम्परामा प्रहार गरिरहेको भन्दै नेता रज्जाकले कांग्रेसका नेता,कार्यकर्ताले त्यस्तो नगरी सामाजिक र मानवीय सेवाका काम गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा, सचिव रामकृष्ण खांण, क्षेत्रीय सभापति हरि लम्साल, नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल लगायत नेता कार्यकर्ताले युवा नेता पोखरेलबाट सबैले सिक्नुपर्ने धारणा राखेका थिए । त्यस अवसरमा मानव सेवा आश्रमका लोकनाथ भुसाल र सरु अधिकारीले नेता पोखरेल जस्तै मनकारी व्यक्तिको सहयोगबाट आश्रममा आश्रित एक सय ३० जनाको भरणपोषण भइरहेको जानकारी गराए । पछिल्लो समय आश्रममा आश्रित व्यक्तिलाई भोजनदान गरेर जन्मदिन मनाउने परिपाटीको विकास हुँदै गएको उनीहरुले बताए ।

 

You may also like

This will close in 0 seconds