सुत्ने समय यी कुरामा ध्यान दिनुहोस

by समतल अनलाइन
Shares

तपाईको मिठो निद्रा बाहेक अन्य विपरित असर पार्ने गर्दछ। वास्तु विशेषज्ञका अनुसार पुराण र धर्मशास्त्रका केही यस्ता टिप्स उल्लेख गरिएका छन्। नियमको पालना गर्नु पर्ने हुन्छ। नत्र त्यसले नकारात्मक असर पार्ने गर्दछ।

सुनसान घरमा एक्लै नसुत्नुहोस । त्यस्तै देवमन्दिर तथा श्मशानमा पनि सुत्नु अशुभ मानिने गरिन्छ।

कुनै सुतिरहेको मानिसलाई अचानक निद्रा नबिगारिदिनुहोस्।

विद्यार्थी, नोकर र वडीगार्ड धेरै सुतेको छ भने उनीहरुलाई उठाउनु पर्दछ।

स्वस्थ मानिसको आयुरक्षा हेतु ब्रह्मामुर्हुतमा उठ्नु शुभ मानिन्छ।

अध्यारो कोठामा नसुत्नुहोस्।

चिसो खुट्टा लिएर नसुत्नुहोस्, खुट्टालाई सुख्खा बनाएर मात्र सुत्दा लक्ष्मीको वास हुने गर्दछ।

विहान सूर्योदय र वेलुकी सूर्यास्तका समय नसुत्नुहोस्। यसले मानिसलाई रोगी र दरिद्र बनाउने गर्दछ।

ओछ्यानमा बसेर खाना नखानुहोस्।

सुत्ने समयमा टिका लगाएको छ भने त्यसलाई हटाउनुहोस्।

दक्षिण दिशामा खुट्टा राखेर कहिलै नसुत्नुहोस्।

राति सुत्नुअघि जप्नुस् यो मन्त्र, मिल्छ ठूलो लाभ

आध्यात्मवादीका अनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधि बोतलमा भन्दा मनमा हुने गहिरो चिन्तनका भित्र हुन्छ । आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरु अनिन्द्राको पीडा रहेका हुन्छन् । राम्रो निन्द्राका साथ शुभ फलका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ ।

एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायी हुने मान्यता रहेको छ । पुराणमा बताइए अनुसार यो सुत्न अघि उच्चारण हुने एक मन्त्रमात्र नभएर एक नारायण कवचको रुपमा तपाई रक्षा गर्नेछ । यो मन्त्रद्वारा भगवान विष्णुको अवतारसँग सुरक्षाको विन्ती हुने छ ।

यस्तो छ मन्त्र–

जले रक्षतु वाराहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः ।।

यो मन्त्रको अर्थ यस्तो छ– हे भगवान विष्णु जलमा वाराह देवता पृथ्वीमा वामन रुपमा मेरो रक्षा गर्नुहोस् आकाशमा नरसिंह भगवानले रक्षा गरुन् भने केशव भगवानले सवै दिशामा मेरो रक्षा गर्नुहोस् ।

यदी तपाईले सुत्ने समयमा यो मन्त्र जप गर्नुभयो भने घरबाट नकारात्मक शक्ति हट्ने धार्मिक मान्यता रहेको छ भने यो मन्त्रको जपले निन्द्रा राम्रो लाग्नुका साथै सपना पनि राम्रो देखिने छ ।

You may also like

This will close in 0 seconds