मष्तिस्क जति सक्रिय, आयु उति छोटो !

by समतल अनलाइन
168Shares

मानिसको आयु कति हुन्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक पर्छ। आयु निर्धारण गर्ने विभिन्न पक्षहरु छन्। वंशाणुगत गुण, वातावरण, जीवनशैली आदी।

वंशाणुगत गुणमा व्यक्तिको नियन्त्रण हुँदैन। तर वातावरण तथा जीवनशैलीका कारण आयुमा पर्ने प्रभावमा भने व्यक्तिको नियन्त्रण रहन सक्छ।

नेचर जर्नलमा प्रकाशित भएको नयाँ अध्ययन प्रतिवेदन अनुसार व्यक्तिको मष्तिस्कको सक्रियताले आयुमा सीधा प्रभाव पार्छ। मष्तिस्कको सक्रियता र आयुबीच नकारात्मक सम्बन्ध रहेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

अर्थात मष्तिस्क बढी सक्रिय रहने वा मष्तिस्कलाई बढी क्रियाशील बनाउने व्यक्तिको आयु तुलनामाक रुपमा कम हुने पाइएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन्।

मष्तिस्कको सक्रियता र आयुका सम्बन्धमा भएको अनुसन्धानको यो प्रारम्भिक निष्कर्ष हो। यसलाई थप स्थापित गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकले बताएका छन्।

तर औषधिको प्रयोग तथा व्यवहारगत परिवर्तनले सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ। मेडिटेसन, मष्तिस्कका गतिविधिमा सीमिततासहितका प्रयासले व्यक्तिको आयुलाई लामो बनाउन सकिने उल्लेख छ। अर्थात बुढ्यौलीको प्रभावपछि धकेल्न सकिने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन्।

नर्भस सिस्टमको क्रियाकलाप र लन्जिभिटीबीचको सम्बन्ध पूर्ण रुपमा नयाँ भने होइन। मष्तिस्कको सक्रियतालाई नियन्त्रण गर्ने प्रक्रियाको सम्बन्ध मेटाबोलिजम नियन्त्रण गर्ने प्रक्रियासँग निजकबाट सम्बन्धित छ। मेटाबोलिजमको सम्बन्ध आयुसँग हुन्छ।

हावर्ड मेडिकल स्कूलका जेनेटिक तथा न्यूरोलोजीका प्राध्यापक डा. ब्रुस यांकनरका अनुसार मष्तिस्कको कम सक्रियता लामो आयुसँग नजिक देखिएपछि त्यसमा असन्तुष्ट हुन नसकेपछि अनुसन्धान थालिएको हो। किनकी मष्तिस्कको सक्रियाको सम्बन्ध स्वस्थ जीवनसँग रहेको ठानिन्छ।

तर अनुसन्धानबाट थाहा लाग्यो कि मष्तिस्क बढी क्रियाशील हुने व्यक्तिको लाइफस्प्यान (आयु) कम हुने रहेछ। यसलाई थप पुष्टि गर्नका लागि थप अनुसन्धानको भने खाँचो रहेको डा. यांकनरले बताएका छन्।

Comments

You may also like

This will close in 0 seconds