युरोपमा पहिलो पटक कोरोना भाइरसबाट मृत्यु

by समतल अनलाइन
154Shares

काठमाडौं। कोरोना भाइरसका कारण फ्रान्समा एक जना चिनियाँ पर्यटकको मृत्यु भएको छ।
कोरोना भाइरसको सङ्क्रमणबाट युरोपेली मुलुकमा मृत्यु भएको यो पहिलो घटना हो।

पीडित चीनको हुबे प्रान्तका ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य अधिकारीहरुले जनाएका छन । उनलाई १६ जनअरीमा फ्रान्स पुगेपछि २५ जनअरीका दिनदेखि क्‍वारन्टीनमा राखिएको थियो ।

मृतक व्यक्तिकी छोरीमा पनि कोरोनाको सङ्क्रमण रहेको बीबीसीले जनाएको छ । योसंगै फ्रान्समा कोरोनाभाइरस सङ्क्रमितको संख्या १२ पुगेको छ ।

चीनबाहिर अहिलेसम्म २४ मुलुकमा ५ सय भन्दा बढी सङ्क्रमित भएका छन्। कोरोना भाइरसका कारण चीनको हुबे प्रान्तमा सबभन्दा धेरै मानिसको मृत्यु भएको छ।

चीनमा मात्रै १५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ भने ६६ हजार भन्दा बढी सङ्क्रमित भएका छन ।

Comments

You may also like

This will close in 0 seconds