सल्यानमा सेनाको गाडी दुर्घटना , एकको घटना स्थलमै मृत्यु

by समतल अनलाइन
Shares

सल्यान। सल्यानमा हातहतियार बोकेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

सल्यानबाट बुटवलतर्फ आउँदै गरेको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।

दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हबल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना अवस्था गम्भीर घाइते भएका छन्।

दुर्घटनामा घाइते चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हराइरहेको जनाइएको छ। गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठडामाडौ‌ ल्याउनका लागि सेनाको हेलिकोप्टर पठाइएको छ ।

You may also like