‘प्रेम गीत ३’ को विदेश राइट्सकाे मूल्य ४५ हजार डलर

by समतल अनलाइन
Shares

काठमाडौं । चर्चित नायक प्रदीप खड्काद्वारा अभिनित चलचित्र फिल्म ‘प्रेम गीत ३’ को विदेश राइट्स ४५ हजार डलर अर्थात नेपाली मूल्य करिब ५० लाखमा बिक्री भएको छ ।

यस चलचित्रको विदेश राईटस् यती मंहगो मूल्यमा ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको अध्यक्ष नवराज श्रेष्ठले अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका)को फिल्मको लागि किनेका हुन् ।

यस सम्बन्धमा सोमबारनै चलचित्रका निर्माता,निर्देशक सन्तोष सेन र ग्लोबलका अध्यक्ष श्रेष्ठबीच सम्झौता भईसकेको छ ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीप खड्कासँगै क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेत लगायत कलाकारको अभिनय रहेको छ ।

‘प्रेम गीत–३’ आगामी चैत २८ बाट देशभर प्रदर्शनमा आउने बताईएको छ । चलचित्रको युरोप र अष्ट्रेलिया राईट्स पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक सेनले जानकारी दिए ।

You may also like

This will close in 0 seconds