ठाकुर ज्ञवाली २७ औं आईजीपी बन्ने पक्का

by समतल अनलाइन
Shares

काठमाडौं। २८ गतेदेखि नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालको अवकाशसँगै २७ औं प्रहरी महानिरीक्षकमा डिआईजी ठाकुर ज्ञवाली बन्ने भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित तीन एआईजी र १७ डीआईजी ३० वर्षे सेवाअवधिका कारण मंगलबार रातिबाट अवकाश पाउँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई प्रस्ताव उठाउन दिर्नेशन दिएअनुसार प्रस्ताव तयार भईसकेको श्रोतको दाबी छ । हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीको नाम ल्याउने भनिएपनि हिजो त्यो हुन सकेको थिएन । आज मंगलबार बस्ने मन्त्रीपरिषदको बैठकले बरिष्ठ डिआइजी ज्ञवालीलाई आईजीपी बनाउन लागेको हो ।

खनालको अवकाश मिति नजिकिदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा आन्तरिक गृहकार्य अगाडी बढाउन गहृमन्त्री रामबहादुर थापा(बादल)लाई निर्देशन दिएका थिए ।

आजकै मितिदेखि आईजीपी खनालसँगै तीन एआईजी र १८ डिआईजीले एकैपटक सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । प्रदेश नम्बर एकको प्रहरी प्रमुखका रुपमा कार्यरत डिआईजी ज्ञवालीको नाममा आईजीपीमा बढुवा गर्ने प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच सहमति भएको थियो ।

३० वर्षे सेवाअवधिका कारण प्रहरी महानिरीक्षक खनालसहित २२ उच्च अधिकारीहरुले अनिवार्य अवकाश पाएपछि डिआइजी ज्ञवाली आईजीपी बन्ने बाटो खुलेको हो । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नेतृत्व सुम्पेपछि उनले करिब ५ महिना नेपाल प्रहरीको सर्बोच्च पद आईजीपीका रुपमा नेतृत्व सम्हाल्नेछन् । उनले सेवाअवधिका कारण आउदो असारको अन्तिम साता अनिवार्य अवकाश पाउनेछन् ।

आईजीपी खनालसहितका २२ भाई २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पूरा गरेर उनीहरुले अवकाश पाउन लागेका हुन् । प्रहरी नियमावली संसोधन गरेर ३० वर्षे सेवाअवधि हटाउदा आईजीपी खनालको पदावधि लम्बिने र एआईजी पुष्कर कार्की पनि आईजीपी हुने चर्चा थियो । तर तत्काल नियमावली संसोधन गर्दा बढुवामा जाम हुने भन्दै बढुवाको मुखमा रहेका बरिष्ठ अधिकारीहरुले असन्तुष्टि जनाएपछि नियमावली संसोधनको प्रकृया अगाडी बढाएको गृहमन्त्रालयले यो प्रकृयालाई स्थगित गर्न पुगेको थियो ।

यसरी सेवाबाट अवकाश पाउनेमा एआइजीपी खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् । यस्तै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका छन् ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली ०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक (एआईजी) हरूबाट गर्नुपर्ने उल्लेख छ । तर एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाटै आईजीपी नियुक्ति गर्न सकिनेछ ।

डीआईजीबाटै आईजीपी नियुक्त गर्दा डीआईजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन-परिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिएको छ ।

एआईजी बढुवामा भने समय लाग्ने सम्भावना बढी छ । पछिल्लो समय डीआईजीबाटै एआईजी बनाउनुपर्ने अवस्था रहदै आए पनि २८औं आईजीपी भने एआईजीबाटै हुनेछ ।

 

You may also like