फेसबुककै ट्विटर र इन्स्टाग्राम ह्याक भएपछि…

by समतल अनलाइन
167Shares

फेसबुकका सामाजिक सञ्जाल खाताहरू ह्याक भएका छन् । ह्याकरहरुले केहीबेर फेसबुकका सामाजिक सञ्जाल खाताहरु केही बेर आफ्नो नियन्त्रणमा लिएका थिए ।

ह्याकिङ समूह आवरमाइनले ‘फेसबुक पनि ह्याक गर्न सकिन्छ’ भन्ने सन्देश फेसबुकको आधिकारिक ट्विटर र इन्स्टाग्राममा पोष्ट गरेका थिए । तर यी खाताहरु अहिले भने सञ्चालन भएका छन् ।

आवरमाइनले उसको आक्रमण साइबर कमजोरी प्रष्ट देखाइदिने प्रयत्न भएको बताएको दाबी गरेको छ ।गत जनवरीमा उसले यूए न्याशनल फुटबल लिगका एक दर्जनभन्दा बढी खाताहरू आफ्नो नियन्त्रणमा लिएको थियो। उक्त समूहले फेसबुकको ट्वीटर ह्यान्डलमा लेखेको थियो, “हेलो, हामी आवरमाइन हौँ। फेसबुक पनि ह्याक गर्न सकिन्छ तर कम्तीमा फेसबुकको सुरक्षा व्यवस्था ट्वीटरको भन्दा राम्रो छ।”

ट्विटरले फेसबुकको इन्स्टाग्राम खाता र मेसेन्जर खाता आफ्नो नियन्त्रणमा लिएर आवरमाइनको लोगोको फोटो पोष्ट गरिदिएको थियो। फेसबुकको आफ्नै वेबसाइट भने ह्याक गरिएको थिएन ।

Comments

You may also like