पहिलो पाइला नेपाल पाल्पा शाखा सामाजिक क्षेत्रमा सक्रिय बन्दै

by समतल अनलाइन
Shares

पाल्पाको गंगा माबि तान्सीङ्गलका बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्यो
हरि पाठक
पाल्पा। पहिलो पाइला नेपाल पाल्पा शाखाले रैनादेबी छहरा गाउपालिका २ तान्सीङ्गलका बिद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको छ। पहिलो पाहिला नेपाल पाल्पा शाखाका अध्यक्ष ईश्बर ज्ञ्वालीको अध्यक्षता र प्रदेश ५ सांसद तुलाराम घर्तीको प्रमुख आथित्यतामा न्यानो माया बितरण कार्यक्रम अन्तर्गत पहिलो पाइलाले तान्सिङगलमा रहेको श्री गंगा माध्यमिक बिद्यालयका बालशिक्षादेखि कक्षा ५ सम्म अध्ययनरत ४४ जना बिद्यार्थीलाई न्यानो कपडा ट्रयाकसुट बितरण गरिएको हो।पहिलो पाइलाको आयोजित सो कार्यक्रममा बोल्दै ५ न.प्रदेश सांसद तुलाराम घर्तीले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था पहिलो पाइला नेपाल पाल्पा शाखाले अझै आगमी दिनमा अघि बढ्दै जाने अपेक्षा र शुभकामना ब्यक्त गर्दै उहाले जुन पहिलो पाइला गैरनाफामूलक संस्था हो भन्ने प्रसङ्गमा सधै अरूबाट चन्दा सहयोग लिएर पुन सहयोग गरेर मात्र नपुग्ने बताउदै सरकारसंग सहकार्य गरेर स्थानीय प्रदेश सरकारसंगको परामर्श समन्वयनमा अगाडि बढेर सामाजिक क्षेत्रमा निरन्तर लागि पर्नुपर्ने आबश्यक्त औल्याउनुभयो ।

उहाले पहिलो पाइला नेपाल पाल्पाशाखाले जुन पाल्पाका बिद्यालयका बिपन्न बिद्यार्थीलाई सहयोग तथा समाजिक क्षेत्रमा जुन किसिमबाट सेबा गर्दै आएको छ बिद्यार्थीलाई बिद्यालय आउन हौसला जगाउदै शिक्षा प्रति प्रोत्सान गरेकोमा पहिलो पाइला संस्था र सहकार्य गर्ने गंगा माध्यमिक बिद्यालयलाई धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो।पहिलो पाइला पाल्पा शाखाका सदस्य सचिन बिष्टले संस्थाले शिक्षा स्वास्थ संग संगै सामाजिक हितको पक्षमा निरन्तर दिदै आगामी दिनमा पनि यस्तै क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।साथै उहाले साथ सहयोगको अपेक्षा आगामी दिनमा पनि यश संस्थाले लिइरहने बताउनुभयो ।

बिद्यार्थीलाई न्यानो मायासंगै बिद्यालयबाहिर अर्थात बिद्यालयबाट बन्चित कोही नहोस र बालबालिकालाई शिक्षामा समाहितका साथै प्रोत्साहन गर्ने उद्धेश्य लिएर न्यान‍ो माया बितरण गर्दै पहिलो पाइला बिद्यार्थीको सारथि संगै समाजमा क्रियाशिल सक्रिय बन्दै अाएको छ।

शुक्रबार अायोजित कार्यक्रममा बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्नुका साथै पहिलो पाइलालाई सहयोग गर्ने सहयोगी दातालाई प्रमाणपत्र मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो।कार्यक्रममा पहिलो पाइला पाल्पा शाखाका संयोजक माधव भण्डारीको स्वाग मन्तब्य,बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेलले शुभकामना राख्नभएको थियो भने कार्यक्रममा बोल्ने सम्पूर्ण अतिथिले पहिलो पाइलाको कार्य सहरानीय भएको बताउदै आगामी दिनमा पनि समाजमा क्रियाशिल बन्न शुभकामना दिनुभएको छ।

न्यानो कपडा बितरण कार्यक्रममा पहिलो पइला नेपालका केन्द्रीय सदस्य सुरेश रायमाझी सम्पूर्ण पदाधिकारी,संस्थाप्रति सरोकार राख्ने समाजसेबी बुद्धिजीवी,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा रैनादेबी छहरा गाउपालिका वडा न।२ बडा अध्यक्ष जीवनाथ पोख्रेल, रैनादेबीछहराका गाउपालिका पार्टी अध्यक्ष रामप्रसाद ज्ञ्वाली,समाजसेबी बिष्णु पोख्रेल,बिद्यालय ब्यबस्थापन समिति सदस्य ऋषिराम ज्ञ्वाली ,पूर्वशिक्षक,पूर्वबिद्यार्थी,बडा प्रतिनिधि,शिक्षक सामुदायिक रेडियो मुक्तिनाथका स्टेसन म्यानेजर तथा एबिसी टेलिभिजनका संबाददाता भुबन रायमाझी ,सञ्चारकर्मी हरि पाठक,शिक्षाप्रेमी अभिभाबक लगायतको आथित्यता तथा उपस्थिति रहेको कार्यक्रम पहिलो पाइला नेपाल पाल्पा शाखाका सचिब दिपक पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।

You may also like

This will close in 0 seconds