जाडो छेक्न धोतीको टालो, हिँउद, वर्खा सधैं टहरोको वास

by समतल अनलाइन
Shares

नारायण वली
बुटवल । यो साल त गयो अर्को साल आउँदा केही न केही जुट््यो भने एउटा सानो घर वनाएर वस्छु भनी दिन विताएको झण्डै ५५ वर्ष वित्यो । तर सम्पातीको आशा नयाँ घरमा वस्ने भने कहिल्यै पुगी आएन्् । उनै सम्पाती गुप्ता उमेरले करिव ६ दशक पुग्न आँटी सकिन्् । तरपनि वर्षौ देखि उनी जाडो छेक्न धोतीको टालो प्रयोग गर्दै हिँउद र वर्खा सधैं टहरोको वासमा आफ््नो दैनिकी विताउँदै आईरहेकी छिन्् ।

हिउँद भरीको जाडोको सिरौटो र गर्मीयाममा सर्पदंशको त्रासले उनी आधा रात भयमै विताउने गरेको वताउँछिन्् । हेर्दा राम्रै देखिए पनि तर उनका हात खुट्टा सुनिएर सामान्य हिँडडुल वाहेक अरु केही पनि गर्न सक्दिनन्् । करिव २० वर्ष अगाडि भारतको वम्वईमा कमाउन गएका श्रीमान्् रामनाथ गुप्ताको असामयिक निधन भएपछि जसो तसो चार वटी छोरी र दुई वटा छोरालाई स्याहार गरेर हुर्काएको गुप्ताको भनाई रहेको छ ।

श्रीमानको निधन पछि थप दुख वेहोरिकी गुप्ताको रुपन्देहीको सियारी गाउँपालिका वडा नं। ६ वर्दवामा एउटा सानो झुपडी रहेको छ । मृत्यु पश्चात्् श्रीमानको मुख पनि हेर्न नपाएकी सम्पातीले अरुको काम गरेर जीवन धानेको वताउँछिन्् । विगत ९ वर्ष अगाडि सम्पातीलाई आफैमा एउटा वज्रपात प¥यो । उनको शरिर सुनियो, हातखुट्टा सुनिए र वाहिर हिड््ने त परै जावोस्् दिशा पिसाव गर्नका लागि शौचालय जान समेत मुस्किल प¥यो ।

उपचारका लागि अस्पताल जाने पैसा नभएपछि उनले गाउँले ऋण लिएर आफ््नो औषधि गरिन र केही सामान्य रुपमा हिड््न सक्ने भएकी छिन्् । तर डाक्टर द्धारा आजीवन सम्म औषधि खानु पर्ने सल्लाह अनुसार उनी सोही अनुरुप खाँदै आईरहेको सम्पाती वताउँछिन्् ।

प्रत्येक महिना ५ हजार रुपैयाँको औषधि लाग्ने वताउँदै सम्पातीले त्यही ५ हजार पनि आउने ठाउँ नभएपछि कहिलेकाँही औषधि नखाने गरेको वताउँछिन्् । आफुलाई औषधि गर्दा ल्याएको ऋण अझै सम्म तिर्न नसकेको भन्दै उनले पटक–पटक उपचार गर्न जाँदा ल्याएको कर्जा छँदा छँदै जेठो छोराको आन्द्रामा घाउ देखिएपछि थप ऋणमा डुव्न पुगेको उनको दुखेसो रहेको छ ।

 

आफु र जेठो छोराको लागि उपचार गर्दा हाल सम्म झण्डै ३० लाख रुपैयाँ ऋण लागेको सम्पातीको भनाई छ । त्यस्तै उक्त साहुको तथा सहकारीको ऋण तिर्नका लागि विदेश गएका सम्पातीका कान्छा छोरा पनि स्वास्थ्यले साथ नदिए पछि उनी १ वर्ष नपुग्दै घर फर्किसकेका छन्् ।

अहिले उनको औषधि खाने र छोराको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताउनु भन्दा दिनहुँ साहुले पैसा माग्न थालेको र सहकारीले जग्गा लिलामी गरिदिने भनेर पत्र पठाउँदा विष पिएर मरौं कि अव कसरी वाँच्ने हो भन्ने कुरा पिरोल्न थालेको सम्पाती वताउँछिन्् ।

सम्पाती भन्छिन्् ५ कठ््ठा जग्गा छ त्यही आधा जग्गा वेचेर ऋण तिर्न मन छ तर त्यही जग्गा पनि विक्रि नभएकाले घरवास सहित रहेको ५ कठ््ठा जग्गा लिलाम भयो भने कहाँ वस्ने, के खाने भन्ने चिन्ताले सताउने गरेको उनको ठम्याई छ ।

You may also like

This will close in 0 seconds