नेपालमा अब फेसबुक र युट्युवबाट काराेबार गर्न नपाइने !

by समतल अनलाइन
Shares

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव लगायतमा विज्ञापन गर्न नपाइने भएको छ । पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य व्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए।इन्टरनेटमार्फत गरिने विज्ञापन बापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको राष्ट्र बैंकले नजाएको छ ।‘यस्तो कारोबारबाट विदेशी मुद्रा अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन र प्रचलित कानुन बमोजिम कारवाही हुने छ’ राष्ट्र बैंकले भनेको छ।चालु बर्षको मौद्रिक नीतिले यसरी विज्ञापन गर्न नपाइने व्यवस्थालाई कडाइ गरिने जनाए पनि केही पनि निर्णय गर्न सकेको थिएन।

शुक्रबार भने सुचना जारी गर्दै राष्ट्र बैंकले यसरी विज्ञापन गरेमा मुद्रा अपचलन अभियोगमा कारवाही गर्ने निर्णय गरेको छ।फेसबुक, ट्वीटर, युट्युव, इन्स्टाग्राममार्फत विज्ञापन गर्दा नेपालको अर्बौ रुपैयाँ अवैधानिक रुपमा बाहिरिने गरेको थियो। यसरी विज्ञापन गर्न रोक्दा नेपाल भित्रिने विदेशी मुद्रा बढ्न जाने छ। पछिल्लो समय रेमिटेन्स घट्नुको एक कारणमध्येको अवैधानिक रुपमा गरिने विज्ञापन पनि थियो।राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार कसैले विद्युतीय माध्यमबाट प्रकाशित वा प्रसारित सामाग्रीका कारण आम्दानी गर्छ भने त्यो पनि बैंकिङ च्यानलबाट ल्याउनु पर्छ। उनले त्य

You may also like

This will close in 0 seconds