बुटवल, २८ साउन । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ । बुटवलमा सम्पन्न १० औं अधिवेशनले लाल बहादुर परियारको अध्यक्षतामा केन्द्रीय कार्यसमिति गठन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा हिक्मत बहादुर दर्जी, प्रथम उपाध्यक्ष राम बहादुर रणपाल, द्धितिय उपाध्यक्ष मिलन नेपाली, तृतिय उपाध्यक्ष चन्द्र बहादुर रणपहेली, महासचिव इश्वर कुमार नेपाली, सचिव सन्ते नेपाली, कोषाध्यक्ष प्रेम कुमार महर्जन, सहकोषाध्यक्ष उमा तामाङ्ग चयन भएका छन ।
यसैगरि सदस्यहरुमा कृष्ण कुमार दर्जी, गोपाल नेपाली, रमेश सेवा परियार, कल्याणी घिसिङ्ग, प्रमेश कुमार मास्के, कृष्ण कुमारी अधिकारी, दीपक राज अर्याल, रत्न्या दमाई, राजु पौडेल, शान्तीदेवी प्रधान, लाल बहादुर दमाई रहेका छन । पदाधिकारी सहित सदस्य सबै पदमा निर्विरोध समिति चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरि प्रदेश संयोजक पनि निर्विरोध निर्वाचित गरिएको छ । प्रदेश १ मा राजन खराङ्गे दर्नाल, प्रदेश २ मा मोहम्मद जाकिर अली, ३ मा जित बहादुर श्रेष्ठ, प्रदेश ४ मा चेत बहादुर परियार, प्रदेश ५ मा खुम बहादुर दमाई, प्रदेश ६ मा अम्बर बहादुर दमाइ र प्रदेश ७ मा रविन्द्र बागचन्द चयन भएका छन ।





