145
सैनामैना । सैनामैना जेसिजमा चरम विवाद भएको छ । सैनामैना जेसिजको चौंथो अधिवेशनको क्रममा शनिबार निर्वाचन कार्यक्रममै विवाद सृजना भएको हो ।
नेपाली काँग्रेस निकटका पदाधिकारीले नेकपा निकटका पदाधिकारीलाई निषेध गरेर निर्वाचन प्रक्रियामा जान लागेपछि नेकपा निकटका अध्यक्षका प्रत्यासी दिपक अधिकारी सहित १८ जना सैनामैना जेसिजका पदाधिकारी तथा सदस्यहरु निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् ।
उनीहरुले एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाको विरोध गरेका हुन् । अध्यक्षका प्रत्यासी अधिकारीले भन्नुभयो, ‘राजनीतिक आस्थाका आधारमा हामीलाई अपहेलना गर्ने कोशिस गरियो, पुराना सहमती पालन गरिएन, त्यसैले हामी निर्वाचन प्रक्रियाबाट बाहिरिएका हौ ।’ यसअघिको सहमति पालना नगरिएकोले आफूहरु चुनावी प्रक्रियाबाटै बाहिरिएको अधिकारीको भनाई छ ।
previous post