राप्रपा केन्द्रीय समितिको बैठक माघ १७ देखि

by समतल अनलाइन
365Shares

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक माघ १७ गतेदेखि काठमाडौंमा हुने भएको छ। राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनेछ।

‘आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा घनीभूत छलफल पनि हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने। प्रत्येक ३ महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिसम्बन्धी राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ।

You may also like