नवदुर्गाको वार्षिकोत्सव सम्पन्न

by समतल अनलाइन
Shares

सुरेश थापा
गुल्मी। नवदुर्गा आधारभुत विद्यालय सत्यवती—४, लिम्घा गुल्मीको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि साथै सत्यवती गाउँपालिका का अध्यक्ष पारिवर ढकालले बोल्दै यो विद्यालय आधारभुत विद्यालय मध्येको नमुना विद्यालय रहेको, यस विद्यालयको आवश्यकतालाई उच्च प्राथमिकतामा राख्ने र गाउँपालिकाको तर्फदेखि केहि कमि हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पिताम्बर ज्ञवालीको सभापतित्व रहेको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष्ण भिमलाल पाण्डे, वडा नं. ४ का दान बहादुर राना, चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपाने, फडिन्द्रराज ज्ञवाली, कृष्ण प्रसाद भण्डारी, गुरुदेव विष्णुहरी पोख्रेल, भिमकान्त ज्ञवाली, रुद्र प्रसाद ज्ञवाली, डम्मर बहादुर क्षेत्रि लगायतले शुभकामना मन्तव्य राख्नु भयो ।

विभिन्न विद्यालयका प्र.अ. तथा प्रतिनिधि सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।


प्रधानाध्यापक देवि प्रसाद भण्डारीले ५७ लाख ९८ हजार ५ सय १० रुपँया ७१ पैसा बराबरको आयव्यय प्रस्तुत गर्नुभयो । विच विचमा बाल गित, लोक गित तथा नृत्य, प्रस्तुत गरिएको थियो । शिक्षिका प्रावती कुमारी ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रको संचालन शिक्षक पिताम्बर ज्ञवालीले गर्नुभएको थियो

You may also like

skip


This will close in 5 seconds