अर्घाखाँचीको फर्सवा टाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल । अर्घाखाँचीको पाणिनी गाँउपालिका ३ खिदिममा रहेको फर्सवा टाकुरा माध्यामिक विद्यालयको ४४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पाणिनी गाँउपालिकाका शिक्षा युवा तथा खेलकुँद शाखा प्रमुख कृष्ण प्रसाद पोखरेलले सामुदायिक बिद्यालयहरुले राज्यको लगानि अनुसारको प्रतिफल दिन नसकेको गुनासो गर्नुभयो । उहाँले राज्यको लगानीलाई न्याय हुनेगरि प्रतिफल दिन बिद्यायलहरुले अझ मिहिनेत गर्न आबश्यक रहेको बताउर्दै बिद्यालयको शैक्षिक गुणस्तर माथि उठाउन गाउपालिका सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयमा स्थापना गरिएका सबै अक्षयकोषका पुरस्कार तथा छात्रबृति प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई पनि कार्यक्रममा सम्मान गरिनुका साथै विद्यालयमा संचालित सप्ताहाब्यापि खेलकुँद प्रतियोगिताका बिजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
विद्यायलका प्राचार्य मुक्तिनाथ ज्ञवालीले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा पाणिनी गाँउपालिका वडा नम्बर ३ का वडा सदस्य ओम प्रकाश भुसाल, गाँउपालिकाका नेकपाका अध्यक्ष कमल घिमिरे, गाँउपालिकाका नेपाली काँग्रेस संयोजक बिष्णु प्रसाद अर्याल, अक्षयकोष दाता तथा पूर्व विद्यार्र्थी रमेश ज्ञवाली, विद्यालय ब्यावस्थापन समितिका पूर्व अध्यक्ष बसन्त केसी, स्थानियबासि मधु अर्याल लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो ।
विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हुम बहादुर जिसिको अध्यक्षता, पाणिनी गाउपकलिका शिक्षा युवा तथा खेलकुँद शाखा प्रमुख कृष्ण प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र विद्यालयका शिक्षक नवराज पोखरेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक लिलापति घिमिरेले गर्नुभएको न्यु लाइट कलेज शङ्करनगर रुपन्देहीका प्राचार्य समेत रहेका फर्सवा टाकुरा माविका पूर्व विद्यार्थी रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

You may also like

This will close in 0 seconds