डा. आशा सिंह नेपाल प्रहरीकाे एआईजीमा बढुवा

by समतल अनलाइन
Shares

काठमाडौं। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरी अस्पतालकी प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई एआईजी बढुवाको लागि सिफारिस गरेको छ ।

सोमबार गृह सचिव प्रेमकुमार राई अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र प्रहरी महानिरीक्षक सदस्य रहेको समितिले सिंहलाई एआईजीमा सिफारिस गरेको हो।

बढुवाको सिफारिसविरुद्ध उजुरी दिने म्याद सकिएपछि मन्त्रीपरिषद बैठकले डा। सिंहलाई एआईजी बढुवा गर्नेछ ।

 

You may also like