एनसेललाई कुनै मेला नगर्न नेकपा रुपन्देहीको चेतावनी (विज्ञप्तिसहित)

by समतल अनलाइन

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुरसन्चार सेवा प्रदायक कम्पनी एनसेललाई आगामी १२ गते बुटवल लगायतका ठाउमा गर्ने भनिएका कुनै पनि मेलाहरु नगर्न भन्दै चेतावनीमुलक विज्ञप्ति निकालेको छ। एकीकृत जनक्रान्तिलाई आफ्नो कार्यदिशा बनाएर अगाडी बढेको सो पार्टीलाई गत फागुनदेखि खुला राजनीतिक कार्यक्रम गर्न रोक सहित प्रतिबन्ध लगाईएको थियो ।

जिल्ला सेक्रेटेरी विजयद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जनतामारा एनसेलले बुटवलमा आगामि पुष १२ गते एनसेल मेलाको आयोजना गरिएको सुचना प्राप्त भएको छ । हामी यसै विज्ञप्ती मार्फत एनसेललाई राज्यलाई पूर्णत कर नतिरेसम्म कुनै पनि कार्यक्रम नगर्न चेतावनी दिन चहान्छौं, साथै सम्पूर्ण देशभक्त जनताहरुलाई एनसेलको कार्यक्रम बष्हिकार गर्न र सम्पूर्ण देशभक्त सेना प्रहरीहरुलाई एनसेललाई सूरक्षा नदिन समेत आग्रह गर्दछौं ।” यसअघि भनिएको छ, ‘देशलाई अर्बाै रकम कर तिर्नुपर्नेमा भ्रष्ट नेता, कर्मचारी र अदालतलाई समेत प्रभावमा पारी कर नतिर्ने र अझ नयाँ नयाँ कार्यक्रम र जनता ठग्ने अफर देखाउँदै अझ लुट्ने काममा तल्लिन एनसेललाई हाम्रो पार्टीले पटकपटक कारबाही र कर तिर्न चेतावनी दिईराखेको छ ।’

एक्जियटा कम्पनीद्वारा संचालित एनसेललाई उक्त पार्टीले समय समयमा कर नतिरेको भन्दै जिम्मा नै लिएर कारबाही हरु गरिराखेको छ। पछिल्लोपटक पनि देशभर एकैपटक फेरै ठाउका टावरहरुमा आगजनी भएको थियो ।

यस्तो छ विज्ञप्ति…..

Shares

You may also like

skip


This will close in 5 seconds