सुनको मूल्य एकैदिन ६ हजार ३ सयले घट्यो, चाँदी पनि ११० रुपैयाँ सस्तियो

by समतल अनलाइन
85Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

यससँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ ।

You may also like