राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना

by समतल अनलाइन
38Shares

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेको जानकारी दिएका हुन् ।

उनले चोरीको घटना सीसीटीभी क्यामेरामा कैद भएको भिडियोसमेत सार्वजनिक गरेका छन् । घटनाबारे प्रहरीमा रिपोर्ट गरिसकिएको समेत उनले जानकारी गराएका छन् ।

You may also like