काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भु-भागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भु-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

