बुटवल–११ बुद्धनगर पुलबाट हाम फालेका पुरुष बेपत्ता

by समतल अनलाइन
141Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट बिहीबार साँझ करिब ६ बजेको समयमा एक जना ४०/४५ वर्षीय पुरुषले हाम फालेपछि बेपत्ता भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार पुलमा पुगेका ती पुरुषलाई केही व्यक्तिले सम्झाई–बुझाई गर्ने प्रयास गरेका थिए। तर, सम्झाउने प्रयास भइरहेकै अवस्थामा उनले पुलबाट हाम फालेको बताइएको छ।

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेनालगायतको टोली घटनास्थलमा पुगेर बेपत्ता पुरुषको खोजी गरिरहेको छ। उनको पहिचान भने खुल्न बाँकी रहेको छ।

बेपत्ता पुरुषको खोजीका लागि सुरक्षा टोलीले पुल आसपास तथा नदी क्षेत्रमा खोजतलास गरिरहेको जनाएको छ।

You may also like