25
काठमाडौँ । इलाम र पाँचथरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
इलामको माईजोगमाई गाउँपालिका–३ का ३८ वर्षीय बलबहादुर विश्वकर्मालाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा डेरा गरी बस्ने भारतको सिसवनिया–१ घर भएका २५ वर्षीय रामसुरत मुखियालाई ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

