38
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत खोजी तथा उद्धार कार्य जारी छ । सरकारका अनुसार राहत र उद्धारमा एकद्वार प्रणाली लागू गरेर खोजीको कामलाई तीव्रता दिइएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अनुसार हालसम्ममा १३४१ जनाको शव फेला परेको छ । हालसम्म उद्धार गरिएको सङ्ख्या १३,१०४ जना रहेको छ। सम्पर्कविहीन रहेको सङ्ख्या ४९१६ छ ।
हालसम्ममा ९८ वटा शव मात्रै सनाखत भएका छन् । धेरैजना व्यक्तिहरू हराइरहेकाले हराएका व्यक्तिको सङ्ख्या तलमाथि हुने आँकलन गरिएको छ । १३४१ शव फेला पर्दा ९८ जनाको मात्रै सनाखत भएर आफन्तले बुझिलिएका छन् ।

