32
बुटवल । भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहतका लागि इन्टलेक्चुअल एकेडेमी बुटवलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ प्रदान गरेको छ ।
विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले विद्यालय परिवारका तर्फबाट उक्त रकम सहयोग गरिएको एकेडेमीका कार्यकारी निर्देशक रामराज पोखरेलले बताउनुभयो ।
प्याब्सन नेपालको आह्वानअनुसार विपत्तिको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत कोषमा रकम जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । थोरै भए पनि बाढीपीडितको राहतमा योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको पोखरेलको भनाइ छ ।
एकेडेमीले बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउनेहरूका परिवारप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।

