तिलोत्तमाले भोटेकोसी बाढीपीडितका लागि ४० लाख रुपैयाँ सहयोग

by समतल अनलाइन
60Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भोटेकोसी बाढीपीडितका लागि ४० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

नगरपालिकाका अनुसार नगरपालिकाको तर्फबाट २५ लाख रुपैयाँ तथा जनप्रतिनिधि र कर्मचारीको तीन दिन बराबरको सेवा–सुविधाबाट १५ लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो।

भोटेकोसी क्षेत्रमा बाढीका कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

You may also like