पाँच दिनमा २७ करोडको कोकिन बरामद, प्रेमी–प्रेमिका नै तस्करको भरिया

by समतल अनलाइन
Shares

काठमाडौं। प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्यबराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ । छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थियो । सोही ठाउँबाट ब्युरोले शनिबार पुनः ६ किलो कोकिन बरामद गरेको छ ।

बरामद कोकिनको अन्तर्राष्ट्रिय बजारमा अवैध मूल्य झण्डै २७ करोड रुपैयाँ पर्छ । प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।

ब्युरो प्रमुख डिआइजी दिनेश अमात्यले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी बढेको बताए । ‘केही दिनअघि तीन किलो कोकिन बरामद भयो, अहिले ६ किलो भेटिएको छ । यी घटनाले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको पुष्टि हुन्छ,’ उनले भने ।

प्रहरीका अनुसार गत मंगलबार बरामद भएको तीन किलो कोकिन ज्याकेटको फल्स बटनभित्र लुकाई ल्याइएको थियो । शनिबार बरामद भएको ६ किलो कोकिन पनि ज्याकेटको फल्स बटनभित्रै लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको हो । दुवै घटनामा तस्कर समूहले एकै मुलुक (बोलिेभिया)का नागरिक प्रयोग गरेको छ । दुवै घटनामा बरामद कोकिन एकै मुलुकबाट आयात गरिएको खुलेको छ ।

यी तथ्यले नेपाललाई ‘ट्रान्जिट’ बनाई कोकिन तस्कर गर्ने समूह एउटै रहेको प्रहरीको दाबी छ । ‘गत मंगलबार बरामद भएको कोकिनको तस्करी शैली र पछिल्लोपटक बरामद कोकिनको तस्करी शैली एउटै छ ।

तस्करीका लागि प्रयोग गरिएका भरिया र आयात गरिएको मुलुकसमेत एउटै छ । नेपाललाई ट्रान्जिट बनाएर कोकिन तस्कर गर्ने समूह एउटै भएको यसले पुष्टि गर्छ,’ ब्युरोका एसएसपी वसन्त लामाले भने ।

प्रहरीले गत मंगलबार ४१ वर्षीया हेरा आर्तेगा र शनिबार रोबर्ट कार्लोस मेरुबिया मारियस र रुल जाम्ब्रना अर्डेनेजलाई पक्राउ गरेको हो । उनीहरू बोलिभियन नागरिक हुन् । पक्राउ परेका तीनैजना ब्राजिलबाट कोकिन बोकेर नेपाल आएका थिए ।

प्रेमी–प्रेमिका नै तस्करका भरिया
प्रहरीले शनिबार ब्राजिलबाट ल्याइएको ६ किलो कोकिन रोबर्ट कार्लोस र रुल जाम्ब्रनासँग बुझेर हङकङ लैजान लागेका बेलारुसका नागरिक पाभेल भसिलयु र एलिना अल्डोसेनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानपछि पक्राउ परेका बेलारुसका दुई जना प्रेमी–प्रेमिका भएको खुलेको छ ।
कोकिन तस्करी गर्नकै लागि उनीहरूलाई तस्कर समूहले बेलारुसबाट नेपाल ल्याएको थियो । उनीहरूलाई नेपालबाट कोकिन बुझेर हङकङ लैजाने जिम्मा दिइएको थियो । तस्करीकै क्रममा पक्राउ गरेपछि उनीहरूको योजना तुहिएको हो ।

नौ वर्षको अवधिमा डेढ अर्बको कोकिन बरामद
नौ वर्षको अवधिमा नेपाल प्रहरीले साढे ५२ किलो कोकिन बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकमा उल्लेख छ । हालको अवैध मूल्यअनुसार बरामद कोकिनको मूल्य एक अर्ब ५७ करोड रुपैयाँ पर्छ ।

कुन मितिमा को कति पक्राउ ?
सन् २०१३
नेपाली – २५२७
भारतीय – १२९
अन्य देशका नागरिक – १७
जम्मा – २६७३

सन् २०१४
नेपाली – २७६६
भारतीय – १३३
अन्य देशका नागरिक – १९
जम्मा – २९१८

सन् २०१५
नेपाली – २५३२
(नयाँ पत्रिका दैनिकबाट)

You may also like