तिलोत्तमा सुनचादी ब्यवसायी संघलाई चौथौ खुला फुटबलको उपाधि

by समतल अनलाइन
33Shares

बुटवल । बुटवलमा सम्पन्न चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ को उपाधि तिलोत्तमा सुनचादी ब्यवसायी संघ रुपन्देहीले चुमेको छ ।

आईतबार भएको फाईनलमा सियोन एफसीलाई ५–२ गोल अन्तरले पराजित गर्दै तिलोत्तमा सुनचादीले उपाधि चुमेको हो । प्रतियोगितामा तिलोत्तमा सुनचादीका सौगात रानामगर ७ गोल गर्दै हाई स्कोरर र पदम तामाङ उत्कृष्ट गोलकिपर घोषित हुदै नगद ५–५ हजार रुपैया तथा प्लेयर अफ दी टुर्नामेन्ट तिलोत्तमा सुनचादी कै मिङ्मा शेर्पा घोषित हुदै नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा दाजुभाई एफसीले फेयर टिम अवार्डबाट नगद ५ हजार रुपैयासहित पुरस्कृत भयो ।

एक कार्यक्रमका बिच प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, रेडबुल लुम्बिनी प्रदेशका डिष्ट्रिब्युटर दिनेश श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव राना, वडा नं २ का अध्यक्ष सुनिल शाक्य, साझा हस्पिटलका अध्यक्ष गोबिन्द खनाल, तिनाउ ईन्टरनेशनल हस्पिटलका चिरन्जिवि श्रेष्ठ, जि टवाईटी फाईभका अध्यक्ष सज्जन कुमार भारी, क्लबका अध्यक्ष तेजु रानामगर, वरिष्ठ सल्लाहकार हसन्त लामा, सल्लाहकार बासु बश्यालले पुरस्कार वितरण गरे ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले दिनप्रतिदिन खेलको महत्व बढ्दै गएको बताए । ब्यवसायिक खेलाडीहरु विश्वमा नै धनाढ्य भएको उदाहरण दिदै उनले मानव स्वास्थ्यसंगै ब्यक्ति र देशको नाम चिनाउन खेल क्षेत्र सफल रहेको बताए । सरकारबाट खेल क्षेत्रमा लगानीमा कन्जुसाई नगर्ने समेत बताए ।
बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव रानाले फुलबारी गाईजको स्थापनासंगै विगतबाट गर्दै आएको खेलकुद तथा सामाजिक गतिविधिहरुबारे प्रकाश पारे । प्रतियोगितामा ३२ टिमले भाग लिएको खेल संयोजक सरोज दर्लामीले बताए।

You may also like