चौथो रुपन्देही खुला फुटसलमा अन्तिम चारको टुगो

by समतल अनलाइन
25Shares

बुटवल।बुटवलमा जारी चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ को अन्तिम चारको टुगो लागेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षण, रेडबुलको मुख्य प्रायोजन र फुलबारी गाइजको आयोजनामा शनिबार भएको खेलबाट फुलबारी गाईज, आर्या स्र्पोटिङ, तिलोत्तमा सन र सिओन एफसी सेमीफाईनलमा प्रवेश गरेका हुन ।

सुख्खानगरस्थित एड्रिक फुटसलमा भएको प्रतियोगितामा फुलबारी गाईजले लाफा एफसीलाई ४–२, आर्या स्र्पोटिङले खस्यौली एफसीलाई ३–२ गोल, तिलोत्तमा सनले फिटनेश हबलाई ५–२ गोल, सिओन एफसीले युनिटी गाईजलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

आईतबार पहिलो सेमीफाईनलमा आयोजक फुलबारी गाईजले तिलोत्तमा सन तथा दोस्रो सेमीफाईनलमा आर्या स्र्पोटिङले सिओन एफसीको सामना गर्ने खेल संयोजक सरोज दर्लामीले बताए । आईतबार नै फाईनल खेलसंगै पुरस्कार वितरण गरिने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख २५ हजार रुपैया, उपविजेता टिमले नगद रु. ६० हजार रुपैयाबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, कप तथा उत्कृष्ट गोलकिपर र हाईस्कोररलाई नगद ५–५ हजार रुपैयाबाट पुरस्कृत गरिने अध्यक्ष तेजु रानामगरले बताए । प्रतियोगितामा ३२ टिमले भाग लिएका थिए ।

You may also like