चेक अनादर मुद्दामा फैसला कार्यान्वयन गर्न रुपन्देहीबाट दुई फरार प्रतिवादी पक्राउ

by समतल अनलाइन
66Shares

बुटवल। रुपन्देही प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकेर फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ प्रेमपथका राजु खनाल र लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का सन्तु चाई रहेका छन्।

प्रहरीका अनुसार खनाललाई चेक अनादर मुद्दामा अदालतले ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो भने चाईलाई सोही प्रकृतिको मुद्दामा ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। दुवै जना अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका थिए।

प्रहरीले उनीहरूलाई २०८३ साल साउन २१ गते रुपन्देहीका विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई समेत निरन्तरता दिइरहेको जनाएको छ

You may also like