रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, दुईजना घाइते

by समतल अनलाइन
20Shares

रोल्पा। अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ– ५ बोटलबाराकी १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् । घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।

प्रहरी कार्यालयका अनुसार बुधबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएरका थिए । गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिरोबाट छ घर र गोठमा क्षति पुगेको छ ।

You may also like