पाल्पामा जिप दुर्घटना : १० जना घाइते, एकको अवस्था गम्भीर

by समतल अनलाइन
54Shares

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित भित्री कच्ची सडकमा सोमबार बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बङ्सिङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित जिपमा सवार १० जना घाइते भएका स्थानीयले बताएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने नौ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ ।

You may also like